पत्रकार चौधरीलाई प्रहरीद्वारा गिरफ्तार प्रयास, पत्रकारद्वारा प्रतिकार, संगठनको आपत्ति (बिज्ञप्ति)


साउन २४, काठमाडौं । जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश डटकमकी जानकी चौधरीलाई प्रहरीले शुक्रबार दाङबाट गिरफ्तार गर्ने प्रयास गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरीय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासंघ दाङको सभाहल पुगेकी पत्रकार चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेको थियो ।

कोषाध्यक्ष चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएका टोलीले नियन्त्रणमा लिन खोजेपछि कार्यक्रममा सहभागी पत्रकारहरुले प्रतिवाद गर्दै प्रहरीबाट खोसेर चौधरीलाई सुरक्षित राखेका थिए । महासंघको प्रदेश स्तरीय गोष्ठीमा सहभागी हुने दाङ पुगेका पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द अाचार्य, उपाध्यक्ष विपुल पोख्रेल, महासचिव रमेश विष्ट, सचिव उदय जि.एम. लगायत केन्द्रीय पदाधिकारी, प्रदेश र जिल्ला नेतृत्व नै सहभागी कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्नुले सञ्चारजगत प्रति सरकारी रबैयाको पछिल्लो संकेत देखिएको छ ।

पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि कार्यक्रम सहभागी सबै पत्रकारले प्रतिवाद गरेपछि प्रहरी पछि हटेको थियो ।

जनपत्रकार संगठनको आपत्ति

कोषाध्यक्ष चौधरीलाई गिरफ्तार गर्ने प्रयास गरेकोप्रति जनपत्रकार संगठन, नेपालले एक प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ । अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले सयुक्त प्रेस विज्ञप्ति निकाल्दै फरक विचार तथा आस्था राख्न पाउने संवैधानिक अधिकार कुल्चदै आस्थाकै आधारमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने सरकारी कदमको विरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘सरकारको यस्तो कदम सैहृ नहुने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो अभियान नरोकिने पनि प्रष्ट पार्न चाहन्छौं । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दछौ ।’

विचार र आस्था राखेकै कारण पत्रकारलाई पक्राउ गरि झुठा मुद्दामा फसाउने सरकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकारहरुले जोड समेत दिएका छन् । पत्रकार महासंघ दाङको कार्यलय आयोजित कार्यक्रममा संगठनका बिषयबस्तु राखेर ढोकामा आउन लाग्दा प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिने कोसिस गरेको थियो । तर कार्यक्रममा सहभागी पत्रकारहरुले प्रहरी संग प्रतिवाद गरेपछि प्रहरी पछि हटेको थियोे ।

प्रतिवादको क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जियम, पत्रकार हरि शर्मा, गणेश खनाल लगायत पत्रकारको हातमा सामान्य चोटपटक समेत लागेको जनपत्रकार संगठनले जनाएको छ ।

हेर्नुहोस बिज्ञप्ति:

 

२४ श्रावण २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको