दाङमा कुलोमा डुबेर एक बालकको मृत्यु


असार २४, दाङ । दाङको तुलसीपुरमा कुलोमा डुबेर एक शिशुको मृत्यु भएको छ।

फाइल तस्बिर 

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ सितानगर टोल निवासी राजेन्द्र विकको साढे २ वर्षीय छोरा प्रभास विकको कुलोमा डुबेर मृत्यु भएको छ।

घर अगाडिको कुलोमा खसेर डुबेका बालक प्रभास झन्डै ५ सय मिटर दक्षिण डिल्लीबजार नजिक कुलोमा डुबेको अवस्थामा फेला परेका थिए।

मंगलबार दिउँसो २ बजेतिर कुलोमा बगेका बालकलाई उद्धार गरिएलगत्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याइएको भए पनि ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

२४ असार २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको