नयाँ दिल्ली जान लागेको जहाजमा पाइलटले सिस्टम अन गर्न बिर्सेपछि…


जेठ २६, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

काठमाडौंबाट दिल्लीका लागि उडान भर्ने तयारी गरेको जहाज दुर्घटनाबाट जोगिएको हो । कल साइन २०५ को एयरबस ३२०–२०० जहाज आइतवार विहान ८ बजे दिल्लीको जाने तयारी गर्दै रनवेमा आएपछि पुन पार्किङ तर्फ गएको थियो ।

यसरी फर्कनुको कारण हो जहाजमा इन्टरनलर रेफ्रिरेन्स सिस्टम(आईआरएस) अन नगरिनु । आइआरएस अन नगरि विमान पार्किङ स्थलबाट रनवे तर्फ लगिएको थियो ।

निगमका एक पाइलटकाअनुसार पाइलट तथा कोपाइलट ककपिटमा बसेपछि पहिलो काम नै आईआरएस सिस्टम अन गर्ने हुन्छ। आजको उडानमा उनीहरुले सिस्टम नै अन नगरी जहाजलाई पुस गरी ट्याक्सी वे मा ल्याएपछि मात्रै उक्त सिस्टम अन नगरेको थाहा पाएका थिए।

पाकिस्तानी पाइलट मोहमद घानी र नेपाली को पाइलट उद्धव घिमिरेले ख्याल नगर्दा सिस्टम नै अन नगरी विमान रनवेमा लगिएको थियो । टेक अफको तयारी गर्दै गर्दा सिस्टम अन नभएको थाहा भएपछि विमानलाई पुन पार्किङमा लगिएको थियो ।

आईआरएस सिस्टमले पूर्ण रुपमा काम गर्न करीब १० मिनेटको समय लाग्छ । यदी आईआरएस सिस्टम अन नगरी विमानले उडान भरेको भए ठूला दुर्घटना हुन सक्ने सम्भावना हुन्थ्यो । तर रनवेमा पुगेपछि सिस्टम अन नभएको बारे थाहा पाएसँगै ठूलो दुर्घटनाबाट विमान जोगिएको छ ।

२६ जेष्ठ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको