अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’


बैशाख २६, काठमाडौं । काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठले सन २०१९ को मिस नेपालको ताज पहिरिन सफल भएकी छिन् । उनले सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै ताज चुम्न सफल भएकी हुन् ।

निर्णायकले सोधेको ‘हामीले अधिकारभन्दा कर्तव्यमा बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसार समाज उत्कृष्ट बनाउन सकिन्थ्यो, तपाईंको के राय छ ? भन्ने प्रश्नको जवाफमा उनले कर्तव्य र अधिकार एकै सिक्काका दुई पाटा रहेको कुरा सुन्दै आएको भन्दै उनले सबैले आ–आफ्नो स्तरमा आफ्नो जिम्मेवारी निर्वाह गरेमा संसार स्वतः सुन्दर हुने जवाफ दिएकी थिइन् । उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्।

यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । उनलाई गत वर्षकी मिस नेपाल युनिभर्स मनिता देवकोटाले क्राउन लागइदिएकी थिइन्। प्रदिप्ताले ‘मिस युनिभर्स’मा सहभागिता जनाउनेछिन् । उनले नगद १ लाख नगद पनि प्राप्त गरेकी छिन्।

यस्तै मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन्।यस्तै ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले जितेकी छिन्। उनलाई गत वर्षकी ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि रोनाली अमात्यले ताज पहिर्‍याइदिएकी थिइन्।

त्यस्तै मिस नेपाल अर्थको उपाधि रिया बस्‍नेतले जितेकी छन्। उनलाई गत वर्षकी मिस नेपाल अर्थ प्रिया सिग्देलले क्राउन लगाइ दिएकी थिइन्। उनले ‘मिस अर्थ’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् भने १ लाख पुरस्कार पनि प्राप्त गरिन्।

यस्तै मिस बेस्ट एथलेट्सको उपाधि प्रदिप्ता अधिकारी, मिस कन्फिडेन्टको उपाधि निशा पाठक, मिस फ्यासिनोको उपाधि अनुष्का श्रेष्ठलाई, मिस पपुलर च्वाइस्‌को उपाधि रिया बस्‍नेत र ब्‍यूटी विथ पर्पसको उपाधि नितिका कर्माचार्याले पाइन्।

को हुन् अनुष्का श्रेष्ठ ?

उनी मिस नेपाल प्रतियोगिताकै लागि केही दिन अघि मात्र अष्ट्रेलियाबाट नेपाल आएकी हुन् । अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् ।

अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी उनी मिस नेपाल ओसेनिया-२०१८ बन्न सफल भएकी थिइन् । उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियमा कार्यरत छिन् ।

२६ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको