प्रधानमन्त्रीले कसैलाई निम्छरा भन्ने अधिकार छैन: वरिष्ठ अधिबक्ता भण्डारी


बैशाख २६, काठमाडौं। जनाधिकार अभियान, नेपालका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता एकराज भण्डारीले प्रधानमन्त्री केपी ओलीले प्रयोग गरेको निम्छरा अभिव्यक्ति अमर्यादित भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरूको वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु,’ भन्ने बिबादित अभिव्यक्ति बारे अधिवक्ता भण्डारीले टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई निर्वाचित गर्ने सबै सांसदहरु दलाल भएको समेत आरोप लगाएका छन् । काठमान्डौमा भएको एक प्रेस स्वतन्त्रता तथा जनाधिकार बिषयक कार्यक्रममा बोल्दै भण्डारीले यस्तो आरोप लगाएका हुन् । उनले भने, अहिलेको संविधानले कानुन, विधिको शासन, नागरिक अधिकारजस्ता विषयहरु उल्लेख गरेपनि सत्ताधारीहरुले केवल त्यसलाई भाषणवाजी गर्ने, अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित पार्ने औजारका रुपमा प्रयोग गरिरहेका छन् ।

अहिले संसदीय परिपाटीको विपरित प्रधानमन्त्री ओलीले सांसदहरुलाई झपार्ने गरेका छन् । संसदमा कुनै पनि विषय राख्दा सभामुखलाई सोधेर मात्रै गर्ने प्रावधान छ तर दुई तिहाइको आडमा ओलीले अरु सांसदहरुलाई भेडा बाख्रालाई जस्तै संसदमै त चुप लाग भनेर झपार्छन् ।

उनले अगाडि भने, ओलीलाई प्रधानमन्त्रीमा भोट दिने सबै दलाल हुन् । कोही शिक्षा माफिया छन्, कोही स्वास्थ्य माफिया, कोही जलमाफिया त कोही भूमाफिया अनि ओलीले नझपारे के गर्छन् ? कोही राम्रा सांसदहरु पनि छन् तर उनीहरुको अल्पमत छ । तिनै दलालहरुले ओलीलाई प्रधानमन्त्री बनाए अनि कसरी हुन्छ स्वतन्त्र न्यायपालिका ? अहिले न्यायपालिका सरकारको कब्जामा छ ।

ओली नेतृत्वको नेकपाले सरकार, सदन र न्यायालयलाई आफु अनुकुल प्रयोग गरेको आरोप लगाउदै, आफ्नो सत्ता लम्ब्याउनको लागि उनिहरु जुनसुकै कुरा संशोधन गर्न तयार हुन्छन्, उनले भने, कुनै दिन उनीहरुले ५ महिना जेल परेको अभियुक्तलाई प्रधान न्यायधीश बनाउन दुई तिहाईले संविधान संशोधन गरे आश्चर्य नमाने हुन्छ ।

त्यस्तै सत्तारुढ पार्टीका नेताहरुले आफैले बनाएको संविधानको मर्म विपरित विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको बताए ।

हेर्नुहोस भिडियो:

२६ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको