ओली–प्रचण्डलाई वामदेवले दिए यस्तो सुझाव, अब के होला ?


चैत २६, काठमाडौं । नेता वामदेव गौतमले दुई अध्यक्षको निर्णयले मात्रै अगाडि सारेको नामावली सचिवालयले नमान्ने बताएका छन् । ‘दुई अध्यक्षले मात्रै निर्णय गरेर नहुने बताउदै, यदि त्यसरी आयो भने स्थायी कमिटी वा केन्द्रीय कमिटीले नमान्ने गौतमले बताए, रातो पाटीका लागि बबिता शर्माले लेखेकी छन्  ।

पार्टीभित्रका असन्तुष्ट नेता फकाउन सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पहल थालेका बेला नेता गौतमले उक्त कुरा बताएका हुन् ।

पार्टीभित्रका असन्तुष्ट पक्ष सचिवालयका नेताहरुसँग छुट्टाछुट्टै संवाद सुरु गर्नुभएको छ ।

यसअघि सचिवालयको बैठकमा मापदण्ड बनाएर एकताका बाँकी काम टुङ्ग्याउनुपर्ने सुझाव वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, नेता गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका थिए ।

सचिवालयका सदस्यहरुलाई छुट्टाछुट्टै भेटमार्फत साझा सहमति निकाल्ने उद्देश्य अनुरुप नै अध्यक्षद्वयले संवाद सुरु गरेको नेता गौतमले बताए ।

‘स्पष्ट मापदण्ड बनाएर एकता टुङ्ग्याऊँ । त्यो सर्वमान्य हुनुपर्छ । कसैले पनि त्यो मापदण्डमा प्रश्न नउठ्ने गरी बनाउनुपर्छ,’ नेता गौतमले भने ।

‘पूर्वएमालेका कमिटीहरु अधिकांश अधिवेशनबाट बनेका छन् । यसलाई आधार मानेर पूर्वमाओवादीबाट पनि सङ्ख्या पेश गर्ने भनिएको छ । एमालेतर्फ कतिपय व्यक्ति अयोग्य छन्, तिनलाई काँटछाँट गर्नुपर्छ भन्ने कुरा आएको छ ।

तर त्यसो गर्नु हुँदैन, नेता गौतमले भने, ‘उनीहरु अयोग्य, असक्षम भए पनि जेठ ३ गतेभन्दा पहिला जुन कमिटी थियो, जस्ता व्यक्ति थिए, त्यसमै एकीकरणमा जानुपर्छ । त्यसो हुँदा विवाद हुँदैन ।’

‘हामीले माथि बसेर योग्य, अयोग्य, असक्षम भन्न हुन्न । कमिटी आगामी अधिवेशनसम्मलाई बन्ने हुन् । अहिलेसम्म जसरी काम गरेको छ, अब पनि गर्छ । तर अझै यसमा कुरा मिल्न सकेको छैन ।’

नेता गौतमका अनुसार वैशाख ९ गते नै एकता टुङ्गिएको घोषणा गर्ने र यदि त्यसमा सम्भव नभए वैशाखभित्र एकता टुङ्ग्याउने सहमति भएको जानकारी दिए ।

२६ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको