के बिप्लवको एकीकृत क्रान्तिले संसदीय सत्ता संकटमा परेकै हो ?


सुमनसिंह पौडेल । सन १८४८ मा कार्लमार्क्स द्वारा प्रतिपादित कम्युनिष्ट घोषणा पत्र जारी भएपछि आदिम साम्यवाद देखि यता बिश्व भरमा स्थापित सत्ताको चरित्र र त्यस भित्र बर्ग संघर्षहरु सूत्रबद्ध भए । बिश्वमा निरन्तर हुँदै आएका संघर्षहरु सत्ताको दमनात्मक रबैया र शोषणहरु बिरुद्ध केन्द्रित छन ।

सामन्तबाद, पुंजिबाद हुँदै दलाल निगम पुंजिबादको नेतृत्व साम्राज्यवाद तथा उत्तर आधुनिकताबादले गरिरंहदा बिश्वमा देखापरेका विभिन्न प्रकृतिका संकटको समाधानको बिषयमा गम्भीर बहसहरु उठेका छन । र ती सबै बहसहरु मार्क्सबादद्वारा समाज बिज्ञानमा उत्घाटित तथ्य र मर्महरुका वरिपरि छन ।

मार्क्सले एतिहासिक द्वन्द्वात्मक भौतिकबादमा उजागर गरेको तथ्य अनुसार निरन्तर नयाँले पुरानोलाइ निषेध गर्दै आइरहेको छ, जसअनुसार सामन्तबादलाई पुंजिवादले निषेध गर्यो र पुंजिबादको चरम संकट आजको बिश्वमा स्पस्ट रुपमा पुंजिको अति केन्द्रिकरण हुंदै निगम पुंजिबादमा आइपुगेको छ । जसकारण आजको बिश्वसंकटको समाधान अब समाजबाद हुँदै साम्यवाद हुने कुरामा अब कुनै बिबाद छैन ।

सत्ताको अनेकौं प्रताडना ब्यहोर्दै यहाँ सम्म आइपुगेको नेपाली समाजले आफ्ना दुखहरुबाट मुक्ति पाउनको निम्ति समाजबाद साम्यवादले प्रदान गर्ने उन्मुक्त सभ्यता र समाज निर्माणको निम्ति संघर्ष गर्दै आइरहेको छ । र त्यो संघर्ष नेपाली समाजको सपना संग जिवन्त जोडिएको छ ।

२०औं सताब्दिको वरिपरि विश्वभरि ज्वालामुखी भएर उदाएको समाजबादी जागरण र साम्यवादको उत्कृष्ट सपनाहरुलाई पच्छ्याउने क्रममा २००६ सालमा पुस्पलाल श्रेष्ट लगायतको नेपाली युवाहरुको समुहले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । के नेपाल जस्तो अर्ध उपनिवेशिक र राणाकालिन जगजगिमा कम्युनिष्ट पार्टी निर्माण गर्न सम्भव छ ? भन्ने प्रश्नको ब्यवहारिक जवाफ पार्टी स्थापनाको पहलले दिएको थियो ।

कम्युनिष्ट पार्टी स्थापना भएपछीको अर्को महत्वपुर्ण सवाल थियो के नेपाल जस्तो सामन्तबाद र उपनिवेश भएको मुलुकमा जनताले स-सस्त्र युद्ध गर्न सम्भव छ ? भन्ने प्रश्नको जवाफ ०२८ सालको झापा काण्डले दियो । ख्रुस्चोव र माओत्सेतुङको लाइनमा बिभाजित विश्व कम्युनिष्ट आन्दोलन (महा बिवाद) को प्रभावको बिचबाट नौलो जनवादी खेमामा ध्रुवीकृत युवाहरुले सामन्तको ६ इन्च गिराउ भनेर टाउको काटेका थिए झापामा ।

हो ब्यवहारिक रुपमा नेपालमा जनताले स-सस्त्र क्रान्ती गर्न सम्भव छ भन्ने बिषय पुष्टि भयो । त्यसबेलाको प्रमुख अन्तर्बिरोध किसान र सामन्त जमिन्दारहरुको बिचमा थियो । यधपी प्रकारान्तरमा तत्कालिन नेतृत्व जनताको बहुदलिय जनवाद भन्ने संसोधनबादी आत्मासमर्पणमा पतन भएर गयो ।

नेपालमा अर्को प्रश्न बांकी थियो, के नेपाल जस्तो सामन्ती राजतन्त्र र भारतिय उपनिवेश रहेको मुलुकमा स-सस्त्र युद्ध गरेर । जनतालाइ जिताउन सम्भव छ, भन्ने कांचो र पेचिलो सवालको जवाफ ०५२ सालबाट सुरु गरिएको महान जनयुद्धले दियो ।

७ बुंदे प्रतिबद्धता पत्र जारी गरेर लंडाइको निर्मम प्रकृयामा सामेल तत्कालिन नेकपा माओबादी पार्टीले दिर्घ कालिन जनयुद्धको कार्यदिशालाई लिएर ८०५ भुभागमा जनसत्ता चलाएर देखायो । जनयुद्धको महान प्रकृयाको जागरणमा हजारौको बलिदानी भयो, त्यो बलिदानी पुर्ण आन्दोलनको जगमा उठेको विशाल जागरण ६२ र ६३ को जन आन्दोलनमा अभिब्यक्त भयो ।

अन्तत राजाहरुको लामो बिरासत तोड्दै जनताहरु बिजयी बने । यसबाट के कुरा पुष्टि भयो भने नेपालमा सत्ताको जस्तो सुकै फोर्टि्फिकेसन तोड्न सम्भव छ, अर्थात जित्न सम्भव छ । तर दुर्भाग्य तत्कालिन नेतृत्व प्रचण्डहरुमा देखा परेको आत्मा सुरक्षावाद, आत्मा समर्पणवाद र परिस्थिती अनुकुल कार्यदिशा निर्माणको अभावमा प्राप्त उपलब्धी तिनै क्षुब्द, निष्क्रिष्ट, संसदबादीहरुलाइ सुम्पन पुगे ।

यहाँसम्म आइपुगेको नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली जनताहरुको बिचमा अझ उग्ररुपमा बिकसित समाजबाद साम्यवाद प्राप्तिको चाहना, सपनाको बिचमा आजको दिनमा बिकसित सामाजिक अन्तर्बिरोध, अन्तर्राष्ट्रिय परिस्थिती, लगायत तमाम बिषयहरुको गहिरो अध्यन गरेर एकीकृत जनक्रान्तीको कार्यदिशा अगाडि आएको छ । र यसको अध्ययता महासचिब बिप्लब लगाएतका नेताहरु हुन ।

के अब यो परिस्थितिमा यो आन्दोलन र कार्यदिशाले कुनै प्रश्नको जवाफ दिनु पर्दैन त ? सवालहरु छन, तर त्यसो होइन यसले जवाफ दिनु पर्छ । र त्यो जवाफ भनेको पार्टीलाइ कसरी जिवन्त राख्ने ? बदलिदो परिस्थिती अनुसार कार्यदिशाहरुको बिकास कसरी गर्ने ? र प्राप्त उपलब्धीलाई कसरी बचाउने ? अर्थात समाजबादलाई कसरी टिकाउने भन्ने प्रश्नको जवाफ अब नेपाल कम्युनिस्ट पार्टीले दिनु पर्ने छ ।

नेपाल कम्युनिस्ट पार्टिको स्थापना ०७१ साल मंसिर ८ गते भयो । पार्टी महासचिब बिप्लबले प्रस्तुत गर्नु भएको एकिकृत जनक्रान्तिको कार्यदिशा अगाडि आयो । जसका कारण संसदिय सत्ता संकटको बिचमा अगाडि आएको कार्यदिशाको बिषयमा आलोचना र समर्थन सहित प्रसस्तै बहस संचालन भए । बिकसित राजनितिक घटनाक्रम संगै सत्ता संकटको बिकल्प बैज्ञानिक समाजबाद आवश्यक छ भन्ने बिषय आजको नेपाली समाजमा जबरजस्त स्थापित हुन पुगेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले अगाडिको सारेको बैज्ञानिक समाजबादी (साम्यवादी सत्ता) स्थापनाको पहल सुरु भैसकेको छ र यो कसरी सम्भव छ भन्ने प्रश्नको जवाफ प्राप्त गर्न एकीकृत जनक्रान्ती भनेको के हो भनेर बुझ्न आवश्यक छ ।

अति केन्द्रीकरण, अति उत्पादन, बजारको बिस्तार र एकाधिकार आजको साम्राज्यवादको मुलभुत बिशेषता हो । आर्थिक, राजनितिक, सांस्कृतिक, प्राबिधिक क्षेत्रमा भएको बिकास र प्रभावको कारण यसको प्रभाव बिश्वभर पर्न गएको छ । आजको दुनियामा साम्राज्यवाद भुमण्डलिकृत चरित्रको बन्न गएको छ ।

साम्राज्यवादको प्रभाव र संम्बन्धबाट कुनै पनि देश अछुतो रहने स्थिती छैन, त्यसकारण जुनकुनै मुलुकमा गरिने क्रान्तिले साम्राज्यवादी अन्तरबिरोधलाई पनि समाधान गर्नु पर्ने हुन्छ ।

२६ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको