सर्वोच्चले गरेको निर्णयविरूद्ध फोरमद्वारा प्रदर्शन


चैत २६, वीरगञ्ज । संघीय समाजवादी फोरमले सर्वोच्च अदालतको निर्णयको प्रतिलिपि जलाएको छ।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै संघीय समाजवादी फोरम नेपाल पर्साले वीरगञ्जमा सर्वोच्चको निर्णय प्रतिलिपि जलाएको हो।

संघीय समाजवादी फोरम वीरगञ्ज महानगर समितिले सर्वोच्च अदालतको निर्णय मधेश विरोधी भएको भन्दै वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गर्दै सर्वोच्चको निर्णय प्रतिलिपि जलाएको हो।

फोरमका महानगर अध्यक्ष ईश्वर यादवको नेतृत्वमा युवा तथा विद्यार्थी समूहले सर्वोच्च अदालतको निर्णयविरूद्ध चर्को नाराबाजी समेत गरेका थिए।

प्रदर्शनका क्रममा युवाहरूले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गर्दै तत्काल नसच्चिए आन्दोलन झन् चर्काउन चेतावनीसमेत दिएका थिए।

२६ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको