चैत २६, काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
फाइल तस्बिर
नेता नेपाल विगत तीन दिनअघि अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । नेता नेपाल अस्पताल भर्ना भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।
नेता नेपाल केहीदिन अघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।
प्रतिक्रिया दिनुहोस