‘शासन व्यत्तिकाे हाेईन, विधिको हुनुपर्छ’


फागुन २५, काठमाडौं । असल नेतृत्व र व्यत्तित्वकाे माध्यमवाट समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्नु पर्नेमा वक्ताहरूले जाेड दिएका छन् ।

राजधानीकाे थानकाेट स्थित थानकाेट जेसिज अायाेजनामा गरिएकाे एक दिने अन्तक्रिर्यात्मक कार्यक्रममा वाेल्दै युवाहरूले ग्रामीण विकासवाटै देशकाे समृद्धि हासिल गर्न सकिने वताएका हुन् ।

राईज टु लिड, चेन्ज फर साेसिएल डेप्लाेमेन्ट भन्ने नाराकाे साथ सुरू गरिएकाे कार्यक्रममा वाेल्दै नेपाल जेसिजकाे राष्ट्रिय उपाध्यक्ष हरि कुमार शर्माले युवाहरूकाे सकारात्मक साेच र विचारले मात्र समाज परिवर्तन गर्न सकिने वताए । उनलेे समाजका हरेक युवाहरूकाे साेच परिवर्तित समाजकाे रूपान्तरणमा एकएक ईट्टा थप्दै एकताबद्ध रूपमा राष्ट्र निर्माण लाग्न प्रेरित गरे ।

कार्यक्रममा वाेल्दै सामाजिक अगुवा तथा थानकाेट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले समाजका हरेक कृयाकलापमा युवा सहभागिता अनिवार्य रहेकाे अाैल्याए ।

अमात्यले भने,’ समाजकाे हरेक गतिविधिमा युवाकाे सहभागिता हुनु पर्दछ, राष्ट्र निर्माणकार्यमा हाेस या विकास र समृद्धिमा हरेक युवा सकारात्मक तवरवाट व्यत्तित्व र नेतृत्वको विकास गर्दै अगाडि वढ्नु पर्छ याे अभियानमा साथ जेसिजले प्रदान गर्दछ ।’

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष माेहन डाँगीले शासन व्यत्तिकाे हाेईन विधिको हेनु पर्नेमा जाेड दिंदै हरेक काममा युवाहरू वैज्ञानिक, सैधान्तिक ब्यवसायिक रूपमा विधिसम्मत तरिकावाट अगाडि वढ्न सके हरेक कार्यमा सफलता मिल्ने वताए ।

कार्यक्रममा थानकोट जेसिजका बर्ष २०१९ का अध्यक्ष राज गाेपाली बदलिँदो समाजसंगै जेसिज अभियान समुदाय लक्षित कार्यक्रममालाई सशत्त रूपमा अगाडि वढाउन प्लान अफ एक्सन अनुरूप कार्य गरिने वताए । कार्यक्रमकाे सञ्चालन थानकोट जेसिजका महासचिव मनाेज श्रेष्ठले गरेका थिए ।

२०७५ फाल्गुन २५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको