युएईको स्टेजमा जब रविलाई देखे…उनका फ्यानहरु रुन थाले (फोटो फिचर)


बिनोद श्रेष्ठ/फाल्गुन २५ युएई  । हिजो शुक्रबार दुबईमा सम्पन्न भएको गोर्खाली साझ-२०१९ कार्यक्रममा जब स्टेजमा नेपाल आइडलका बिजेता रवि ओडलाई देखे,उनका (फ्यान) समर्थकहरु रुन थाले।

रविले स्टेजमा सुदुरपश्चिमको भाका, सालैजो,हेमन्त रानाको मार्मिक गित सुन साइली, शिव परिवारको पिउदिन भन्दाभन्दै पिलायो साथिले लगाएत अन्य गितहरु गाउन थालेपछि उपस्थित दर्शकहरु भाबुक हुँदै रुन थालेका हुन्।

आइडलका अन्य तीन कलाकारहरु अस्मिता अधिकारी, सुमित पाठक, बिक्रम बरालको धमकेदार प्रस्तुति सकिए लगतै रवि ओडलाई स्टेजमा ल्याइएको थिए। रविको प्रस्तुति हेर्नको लागि कार्यक्रमको अन्तसम्म पनि दर्शकहरुको भिड लागेको थियो।

आफ्नो स्वास्थ्यमा समस्या आएपनि उनले दर्शकहरुको अनुरोधमा पनि केही गितहरु गाए। पारिवारिक पीडा सगै शारीरिक अस्वास्थ्य भएपनि उनले सबै दर्शकहरुलाई गित मार्फत कहिले रुवाए त! कहिले हसाए।

मनोज गोर्खाली र मदन अधिकारीको सयुक्त आयोजनामा दुबई मा भएको उक्त कार्यक्रममा नेपाल आइडलका कलाकार लगाएत चर्चित लोक गायक कुलेन्द्र बिक, नायिका तथा नृत्यङगना एलिना रायमाझी, कलाकार रमेश दुलाल(कागे) लगाएत अन्य कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए।

नेपाली दूतावास आबुधाबीका श्रम काउन्सिलर भेसबहादुर कार्कीको प्रमुख आथित्यमा र आयोजक सदस्य मनोज गोर्खालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा युवा नेता एवं नेपाली काग्रेसका पुर्ब केन्द्रिय सदस्य पुर्ण गुरुङ, एनआरएनए आइसिसि सचिब डिबि क्षेत्रि, एनआरएनए आइसिसि मध्यपुर्ब सयोजक प्रबिन गुरुङ ,एनआरएनए युएईका अध्यक्ष रमेस श्रेष्ठ, नयाँ शक्ति पार्टीका युवा नेता भिम श्रेष्ठ,,एनआरएनए आइसिसी मध्यपुर्ब उप संयोजक गोपाल कडेल लगाएत अन्य राजनितिक तथा सामाजिक सघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

१ हजार भन्दा धेरै दर्शक उपस्थिति रहेको उक्त कार्यक्रम सुबास शर्मा, बिबेक खतिवडा र शोभा त्रिपाठीले सन्चालन गरेका थिए।

हेर्नुहोस थप दृश्यहरु:

 

२०७५ फाल्गुन २५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको