एबियु अन्तराष्ट्रीय नृत्य प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी भयो


नवराज घिमिरे/फागुन २५, दाङ । नयाँ दिल्लीमा आयोजना गरीएको एबियु अन्तराष्ट्रीय नृत्य प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजना गरीएको दोस्रो एबियु अन्तराष्ट्रिय नृत्य फेस्टीभलमा नेपालले आज सहभागिता जनाएको हो ।

रेडियो तुलसीपुरको पहलमा बिकाश घले सहित गएको ८ जनाको टोलिले नेपालको तर्फबाट नृत्य प्रस्तुत गरेको थियो । रेडियो तुलसीपुरका स्टेसन म्यानेजर तथा अकोराबका बरीश्ठ उपाध्यक्ष अर्जुन गिरी, अकोराबका उपाध्यक्ष भुवन सिघं, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, रेडियो तुलसिपुरका नविन बुढाथोकि समेत सहभागि रहेको प्रतियोगितामा नेपालसंगै बिश्वका ११ देशका ११ समुहले भाग लिएका थिए ।

रेडियो तुलसिपुरको संयोजनमा नेपाली टिमले निकै राम्रो प्रस्तुति दीएको थियो ।

२५ फाल्गुन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको