बसुन्धरा बम विस्फोटको जिम्मा युवा संगठनले लियो, आयो कडा विज्ञप्ति


फागुन २५, काठमाडौं । राजधानीको बसुन्धारास्थित बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको विस्फोटको जिम्मा विप्लव नेकपा निकट युवा संगठनले लिएको छ ।

सो संगठनका मध्यकमाण्ड केन्द्रीय सचिब शिशिरले आज एक बिज्ञाप्ती मार्फत सो घटनाको जिम्मा लिएका हुन् । बिज्ञाप्तीमा गुरुङलाई मानव तस्करी रोक्न चेतावनी दिदै आगामी दिनमा मानव तस्कारी जारी राखे थप कार्बाही गर्ने चेतावनी समेत दिईएको छ । सो संगठन विप्लव नेकपा निकट युवा संगठन हो ।

शुक्रबार साँझ बसुन्धारास्थित गुरुङको घरमा बम विस्फोट भएको थियो । विस्फोटबाट उनको गाडी र घरमा क्षति भएको थियो । सो संगठनले सो मेनपावरलाई युवा विदेश पठाउने नाममा ठगी गरेको र विदेशमा सामस्या परेर फर्कने युवालाई राहत दिनुको साटो तनाव दिने गरेको आरोप लगाएको छ ।

२०७५ फाल्गुन २५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको