पचालझरना गाँउपालिकाको स्वास्थ्य गुणस्तर सुधारकोलागि अभिमुखिकरण कार्यशाला सम्पन्न


फागुन २५, कालिकोट । गाँउपालिकाको स्वास्थ्य गुणस्तर सुधारकोलागि आवश्यक अाैजारको प्रयोग गरि मापन गर्नको लागि गाँउपालिका गुणस्तर सुनिश्चिता समितिको अभिमुखिकरण कार्यशाला सम्पन्न गरिएको छ ।

निशुल्क तथा सर्वशुलभ न्यूनतम स्वास्थ्य सेवाहरुलाइ गाउपालिका सबै वडाहरुबाट उपलब्ध गराउने लक्ष्यकासाथ स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य इकाइ बाट सेवा संचालन तथा बिस्तार गरेको गाउपालिकाले प्रदान गरिने सेवामा गुणस्तरताको कमि नआवस भन्ने उध्येश्यका लिएर कार्यशालाको अायोजना गरिएको थियो ।

अभिमुखीकरणमा स्वास्थ्य मन्त्रालयले जारी गरेको गाँउपालिका गुणस्तर सुनिश्चितता पद्दति २०७३ मा ब्यवस्था गरे अनुसार भौतिक पुर्बाधार, सुशासन तथा मानव ससाधन ब्यवस्थापन सेवाको तयारी, परिवार नियोजन सेवा, मातृ तथा नवजात शिशु सेवा, बाल स्वास्थ्य सेवा सक्रामक रोग सेवा, आपुर्ति व्यवस्थापन सेवामा सहजिकरण गरिएको छ ।

पचालझरना गाँउपालिका कार्यालय कालिकोटको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाको अायोजना तथा नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य परियोजनाको सहजिकरण सहकार्यमा अभिमुखिकरण संचालन गरिएको हो ।

अभिमुखिकरण कार्यशाला सहजिकरण नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रबर्द्धनकालागि सामुदायिक सशक्तिकरण कार्यक्रम (सिइएचपी) नेपालगंजका बरिस्ठ अधिकृत वसन्त थापा र अनुसन्धान तथा तालिम अधिकृत क्षितिज गुरुङले गरेको आयोजकले जानकारी गरिरहेको छ । “गुणस्तर सुधारकोलागि १ महिना भित्र सबै स्वास्थ्य संस्थामा रहेका गुणस्तर सुधार समितीकालागि पनि अभिमुखिकरण गरेर गुणस्तरता यूक्त सेवा दिदै जान्छौ ।स्वास्थ्य सेवा सुधारको लागि लागिसकेका छौ । ” आधारभुत स्वास्थ्य तथा सरसफाइ शाखा संयोजक चन्द्रेश्वर शाहाले बताउछन ।

“गाउपालिका भित्र रहेका सबै ठाउबाट आधा घण्टा भित्र स्वास्थ्य सेवाको पहुच पुर्याइ सकेका छौ । अब सेवाको गुणस्तरता कायम गर्न नेपाल सरकारले निर्धारन गरेका आवश्यक अाैजारकाे प्रयोग गरि सुधार गर्दै लैजान्छौ । यस क्रियाकलापमा साझेदार निकायको अावश्यक सहजिकरणको सहयोग आवश्यक छ । हाम्रो कार्यकालमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन गरि सेवाको पहुच र प्रत्याभुति देखाउने” गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

कालिकोट जिल्लामा पचालझरना गाँउपालिकाले पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा विभिन्न नमुना काम गर्न स्वास्थ्य नितिलाइ तदारुकता साथ लागू गर्दै आइरहेको छ ।

२०७५ फाल्गुन २५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको