नेकपाको प्रदेश २ स्तरीय जनसभा रौतहटमा, ओली र प्रचण्डले सम्बोधन गर्ने


फागुन २५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रदेश २ को आमसभा रौतहटमा केहीबेरमा सुरु हुँदैछ ।

सो सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने नेकपले जनाएको छ।

नेकपा प्रदेश २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आम सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड यतिबेला रौतहटमा पुगिसेका छन् ।

नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिए । पार्टी एकीकरणपछि नेकपाले मधेसमा पहिलोपटक राजनीतिक वैचारिक सभा गर्न लागेको नेकपा प्रदेश २ ले जनाएको छ ।

आमसभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । विभिन्न सञ्चार माध्यमले आमसभाको प्रत्यक्ष प्रशारण गर्नेछन् ।

२०७५ फाल्गुन २५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको