वालिङ महोत्सवमा अर्को विवाद, पत्रकार सिग्देल माथि हातपात


माघ २६, स्याङ्जा । स्याङ्जाको वालिङमा सञ्चालित वालिङ महोत्सवमा सगरमाथा टेलिभिजनका पत्रकार श्रीकृष्ण सिग्देल माथि हातपात भएको छ । वालिङ उधोग वाणिज्य सघंले अायोजना गरेको महोत्सवको प्रचारप्रसारका लागि महोत्सव स्थलमा पुगेका पत्रकार सिग्देल माथि हातपात भएको हो ।

पत्रकार सिग्देल माथि अायोजककै अगाडि हातपात भईरहदा अायोजकले वेवास्ता गरेको बुझिएको छ । पत्रकार सिग्देलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अाफु माथि योजनाबद्ध ढंगले हातपात भएको बताएका छन ।

सुरक्षा निकाय र अायोजककै अगाडि मुस्किलले ज्यान जोगाएर भाग्नु परेको भन्दै पत्रकार सिग्देलले समाचार लेख्ने पत्रकार माथि महोत्सव स्थलमै हातपात र कुटपिट हुदा अायोजक गैरजिम्मेवार बनेको प्रति जिल्लाका पत्रकारहरुले दुख व्यक्त गरेका छन ।

उधोग वाणिज्य संघको गैरजिम्मेवारी प्रति देशभरका पत्रकारहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

२०७५ माघ २६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको