विप्लव जंगल पस्दैनन्, अबको निर्णायक लडाइ शहरमै हुन्छः नेता बिक


माघ २६, बाकेँ । नेपाल कम्युनिस्ट पार्टीले फागुन १ गते २४ औं जनयुद्ध दिवश देशभर मनाउदै छ ।

जनयुद्ध दिवसको पुर्वसन्ध्यामा नेकपाको युवा संगठन नेपाल भेरी ब्युरोले “दशबर्षे जनयुद्ध, एकीकृत जनक्रान्तीमार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहजनवर्गिय संगठन रुको भुमिका” बिषयक अन्तरक्रिया कार्यक्रम आज शनिवार बाँकेको कोहलपुरमा सम्पन्न गरेको छ ।

अन्तरक्रियामा बोल्दै युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश बिकले नियोजित रुपमा सरकारले आफुहरुलाई युद्धमा धकेल्न खोजेको भन्दै नेपालमा युद्ध नभइ क्रान्ति हुने बताए ।

उनले केहि तत्व विप्लव जंगल पसे हुन्थ्यो भन्ने चाहना राखेर प्रचार गर्न व्यस्त छन् तर भ्रममा नपर्नुहोला हामि जंगल गएर भुमिगत हुने हैन अबको निर्णायक लडाइ शहरमै हुन्छ।

नयाँ ढंगले नेपालमा क्रान्ति सम्पन्न गरेर बैज्ञानिक समाजवादको स्थापना गर्ने संकल्पका साथ आफुहरु अघि बढेको भन्दै बिकले एकीकृत जनक्रान्ती भनेको जनयुद्धको पुनरावृत्ति नभएर नयाँ सन्दर्भमा जनयुद्धको बिकसित र बिस्तारित कार्य्दिशा भएको बताए ।

पुजीवादी ब्यवस्थाले संसारभर युद्ध, अशान्ति, निराशा, अस्थिरता निम्त्याएको भन्दै शान्ति, समृद्धि र स्थायित्वका लागि बैज्ञानिक समाजवाद अपरिहार्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा राजनैतिक बिश्लेषक डाक्टर जनार्दन आचार्य, अर्थशास्त्री कमानसिंह बोहरा, बाम बुद्धिजीवी शिवसुन्दर शाही, उपप्राध्यापक ललित प्रकाश चन्द, बागेश्वरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण अधिकारी, माओवादी केन्द्रका नेता रंगनाथ ढकाल, नेकपा बाँके नेता वसन्त बिक लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सन्चालन तथा अध्यक्षता युवा संगठन नेपालका केन्द्रीय सदस्य विष्णु अद्वितीयले गरेका थिए ।

२०७५ माघ २६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको