सुदूरपश्चिम सेवा समाज युएईको क्षेत्रीय समिति दुबई बिस्तार


माघ २६, युएइ । सुदूरपश्चिम सेवा समाज युएईले आफ्नो चौथो क्षेत्रिय समिति बिस्तार गरेको छ । सुक्रबार महेश सिंहको नेतृत्वमा दुबई क्षेत्रीय समिति गठन गरेको हो । यूएईको दुबई स्थित जाबेल पार्कमा शुक्रबार (८ फेब्रुअरी) दिन सुदुरपस्चिम सेवा समाज यूएईका अध्यक्ष सन्धया बोगटि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थापक सल्लाहाकार लक्ष्मण अधिकारिको उपस्थिति रहेको थियो ।

अतिथिहरुमा सुदूर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिकी उपाध्यक्ष शारदा शाह, सुप सेवा समाजका संस्थापक सदस्य तथा नेपाली एकता समाजकाका अध्यक्ष जय ब. बिक, समाजका सल्लाहाकार देव कुंवार, सल्लाहाकार जय राज जोशीको, बरिष्ट उपाध्यक्ष धन खड्का, उपाध्यक्ष भीम ब. सिंह सहित सुदूरपश्चिमवासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई समाजका महासचिव दिनेस महराले संचालन गरेका थिए । कार्यक्रमका प्रमुख अथित र अथितिहरुले आ-आफ्नो बिचार राख्दै नवगठित क्षेत्रीय समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

नवगठित समितिका अध्यक्ष महेस सिहले आफुले जिम्बेबारी पाएकोमा खुशी ब्यक्त गर्दै आउदा दिनहरुमा दुबईमा रहेका सम्पूर्ण सुदूर पश्चिम वासीहरुलाई एकजुट गरेर अघाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

सुदूरपश्चिम सेवा समाज युएईको दुबई क्षेत्रीय समिति

अध्यक्ष महेस सिह, उपाध्यक्ष सागर बोहरा’ सचीव प्रकास चन्द, सह सचिब सुरेन्द्र खडायत, कोषाध्यक्ष तारा बिस्ट, सह कोषाध्यक्ष प्रकास खडका, सदस्यहरु तारा गैराल, दिपक बंम, टंक प्रसाद जोसि, ईन्द्र नाथ, निर्मला देबि बुडा रहेका छन  ।

सल्लाहाकार समितिमा चन्द्र सिह धामि, राजेन्द् जोसि, भरत परियार (सागर) रहेका छन  ।

‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिम वासीहरुको संस्था २ जनवरी २०१५ मा स्थापना भएको थियो । देशमा हुने प्राकृति प्रकोप जस्ता विपत्तिहरुमा सहयोग गर्दै सुपको भाषा सस्कृतिको जगेर्ना र संगरक्षण गर्ने उदेश्यले गठित भएको थियो ।

२०७५ माघ २६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको