अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको प्रथम अधिवेशन सम्पन्न, एकजोडी बिबाहमा बाँधिए


माघ २६, मलेसिया । ‘मातृभूमिका लागि विश्वभरिका रोल्पालीहरु गोलबन्द हौ’ भन्ने मुलनाराका साथ अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको प्रथम अधिवेशन भब्य सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष राजकुमार बुढा (शुगम) मगरको सभापतित्वमा उक्त कार्यक्रम सम्मपन्न भएको हो  ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रीय समिति उपाध्यक्ष तथा मलेसियाका प्रमुख सल्लाहकार टोपबहादुर पुन मगरको प्रमुख आथित्यमा समुद्घाटन भएको प्रथम अधिवेशनले ७ सदस्यीय सल्लाहकार समिति र २२ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै उल्लासमय वातावरणमा शानदार दंगले सम्पन्न गरेको जनाएको छ ।

प्रकार्यक्रमका प्रमुख अथिति टोपबहादुर पुनले अधिवेशनको ब्यानर उद्घाटन संगै राष्ट्रिय गान गाएर देश र देशका साझा सम्पत्ति शहीदहरुप्रति सम्मान व्यक्त गरिएको थियो, साथै रोल्पाली सेवा समाज मलेसियाका संस्थापक अध्यक्ष दिवंगत मोहनसिंह घर्ती मगरको तस्बिरमा प्रमुख अथिति र अध्यक्षद्धारा अविर आवरण तथा माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गर्ने काम भयो।

अधिबेशनमै बिबाह सम्पन्न

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका उपाध्यक्ष पार्वती बुढा मगर र समाजकै केन्द्रीय सदस्य मिराज घर्ती मगरको अधिबेसनमै शुभ बिबाह सम्पन्न भएको थियो । रोजगारको शिलशिलामा मलेसिया रहेका दुवै जनाको बिबाह एक उदाहरणीय कार्य भएको समाजले बताएको छ ।

इमानदारीता, समझदारीता र विवेकपुर्ण एकतानै रोल्पालीहरुको पहिचान भएको हुदा रोल्पालीहरुको पहिचान थप फराकिलो बनाउदै मातृभूमिका समर्पण गर्नुपर्ने कुरा प्रमुख अथिति टोपबहादुर पुनले बताए, साथै दामपत्य जीवनमा बाँधिनु भएका नव जोडिलाई बधाई शुभकामना व्यक्त गरेका थिए ।

आगामी दिनमा रोल्पाली सेवा समाज मलेसिया अझ बढी क्रियाशील भएर अगाडि बढ्ने र सुन्दर रोल्पा समृद्ध रोल्पा निर्माणमा उदाहरणीय दायित्व निर्वाह गर्ने प्रतिबद्धता अध्यक्ष राजकुमार बुढा मगरले जाहेर गर्दै अधिवेशन समापन भएको थियो ।

स्वागत मन्तव्य समाजका महासचिवले दिनुभयो भने अधिवेशनको सहजिकरण सचिव अर्जुन घर्ती मगरले गर्नुभयो।

सल्लाहकार टिम

प्रमुख सल्लाहकार टोपबहादुर पुन मगर, बौद्धिक सल्लाहकार तेज बहादुर बुढा मगर, सल्लाहकारहरु दिपक संघर्ष, पुष्पकमल पुन मगर, दिलबहादुर रोका मगर, सुर्य घर्ती मगर, रुपधन घर्ती मगर रहेका छन् ।

नवनिर्वाचित  केन्द्रीय कार्यसमिति

अध्यक्ष राजकुमार बुढा (शुगम) मगर, उपाध्यक्ष तिर्थ बहादुर खत्री/पार्वती बुढा मगर, महासचिव रामप्रसाद पुन मगर, सचिव अर्जुन घर्ती मगर, सह-सचिव दिपक विष्ट, कोषाध्यक्ष:- सुवास रोका क्षेत्री रहेका छन् ।

सदस्यहरु मनसुर थापा मगर, अर्जुनकुमार बुढा मगर, कमानसिङ घर्ती मगर, नवराज वली, टङ्क बहादुर जिसी, विराज घर्ती मगर, सन्दिप घर्ती मगर, मिराज घर्ती मगर, हित बुढा मगर, देवेन पुन मगर, टीकाराम पुन मगर, चन्दज्योति पुन मगर, लोकेन्द्र पुन मगर, विनोद घर्ती मगर, हुकुम घर्ती मगर रहेका छन् ।

२०७५ माघ २६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको