रोल्पामा फेरी भारी हिमपात, जनजीवन कष्टकर [२२ तस्बिरमा हेर्नुस]


माघ २६, रोल्पा । रोल्पाका अधिकांश उच्च पहाडी भूभागमा दुई दिनको लगातार बर्सातसँगै फेरी भारी हिमपात भएको छ ।

बुधबारदेखि बदली भएको मौसममा सुधार आउन नसक्दा उच्च भूभागमा हिमपात भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ ।

हिमपात र वर्षातका कारण चिसो बढेपनि किसानहरु भने खुशी भएका छन् । हिमपात र वर्षातले हिउदे बाली राम्रो हुने स्थानीय किसानहरु बताउछन् ।

यस्तै स्याउको पकेट क्षेत्र पश्चिम रोल्पाको सुकिदह (गंगादेव) गाउँपालिका अन्तर्गत पर्ने झ्याम, बडाढुंगा, मनिमारे, मंग्रा, नाउली, जलेखर्क, लाेरिबैनी, घोप्टेओडारका किसान झनै उत्साहित भएका छन ।

यता स्थानीय शिक्षक प्रेम बहादुर वलीले भने पहिलोपटक परेको हिउले नै किसानलाई पुगेकाले यसपालिको भारी हिमपातले आलु खेतिलाइ भने क्षति पुर्याएको बताउछन् । उनले भने- ‘यहाँका किसानले जग्गा जोतखन गरेर आलु लगाउन तयार पारेका थिए, अब चिसो धेरै भयो, आलु लगाउने समय पछायो ।’

यहाँ आलु, स्याउ, मार्फाचौडा (रायो)को पकेट क्षेत्र मानिन्छ । स्याउ र मार्फाचौडालाई हिउले राम्रो गरेपनि आलु लगाउने किसानलाइ भने निरास बनाएको छ । यहि माघ ११ गते पनि भारी वर्षासंगै हिमपात भएको थियो ।

तस्बिर: प्रेम बहादुर वली/नरेश केसी, रोल्पा 

२०७५ माघ २६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको