जनयूद्धताकाझै जनताको घरदैलोमा बिप्लवको पार्टी, संगठन बिस्तार गर्दै सुन्दर गाउमा !


नकुल चौलागाईं/ माघ २५, काभ्रे । बिप्लव निकट नेकपाले जनयुद्धको समयमा जस्तै गरेर राता रात संगठन बिस्तार गरिरहेको पाइएको छ ।

प्राप्त जानकारी अनुसार यतिबेला सुन्दर गाउँको गाउँगाउँमा बिप्लव नेकपाले जनयुद्धको झल्को दिने गरेर मार्चपास गर्नुकासाथै गाउबस्तीमा पस्ने नाचगान गर्ने आफना कुरा राख्ने जनतालाई पुरानैसैलीमा गोलबन्दगरी रातरात संगठन बिस्तार गरिरहेको छ।

जनयुद्ध लडेका पुराना नेता-कर्यकर्ता संग भेट्ने कार्यलाई पनी तीब्रता दिरहेको छ । नेकपाका नेताहरुले भने यो पाटीको संगठन सुधार तथा बिस्तार भएको बताएका छन । सोही क्रममा काभ्रे चौरिदेउराली गाउपालिकामा हाल सम्म २५ वटा सेल कमिटी गठनगरि सुन्दर गाउँ सुगुरेमा काभ्रे तामसालिङ प्रमुख मनिक लामाको प्रमुख अतिथिमा १० सदस्यीय दलित मुक्त मोर्चा कमिटी गठन गरेको छ ।

साथै गाउँमा जनसत्ताको अभ्यास भैरहेको र संसदीय ब्यबस्थाको सत्ताले स्थानीय जनतालाई दुख दिएकोले अब आफूहरुले छिटै त्यस्ता जनप्रतिनिधिलाई कारबाही प्रकिया अघि बढाउने पनि एकनेताले बताए ।

२०७५ माघ २६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको