मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना घाइते


पुस २५, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ सृजनानगरमा मोटरसाइकल दुर्घटना हुँदा बुधबार चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर काठमाडौं ६ लेन सडकको सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

तीव्रगतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई आफैँ दुर्घटना हुँदा चालक भक्तपुरको चाँगुनारायण नपा ४ का २९ वर्षीय सहिद तामाङको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय शेरबहादुर तामाङ घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उनका अनुसार दुर्घटनालगत्तै उपचारको लागि सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल लगिएको थियो। उपचारकै क्रमा सहिदको मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

२०७५ पुष २५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको