दाङमा दाउरा लोड गरेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


पुस २५, दाङ । दाङमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर स्थित सवारी कोटबाट लक्ष्मीपुर तर्फ दाउरा ल्याएर आउदै गर्दा रा १ त १२४५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामापरी ट्याक्टर चालक प्युठान नौबहीनी गाउँपालिका स्याउलिवाङ निवासी २२ बर्षिय रामु बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शव पोष्ट मार्टमको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

२०७५ पुष २५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको