तुलसीपुरमा तीन करोड लागतमा सभाहल निर्माण हुँदै


पुस २५, दाङ । दाङको तुलसीपुरमा करिब तीन करोडको लागतमा सभाहल निर्माण हुने भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. –९ दोघरेमा करिब ५ कठ्ठा क्षेत्रफलमा पार्किङसहितको वहुआयामिक सभाहल निर्माण हुने भएको छ।

तुलसीपुरमा केही वर्ष पहिले महापुराणबाट संकलन गरेको करिब दुई करोड र अन्य मेला महोत्सव तथा बिभिन्न क्षेत्रबाट प्राप्त सहयोग गरि करिब तीन करोडको लागतमा सभाहल निर्माण गर्न थालिएको निर्माण समितिका संयोजक बिमल रिजालले जानकारी दिए ।

तुलसीपुर उद्योग बाणिज्य संघले निर्माण गर्न लागेको सभाहलको नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले मंगलबार शिलान्यास गरेका हुन्।

झन्डै आठ सयभन्दा बढी मानिस अटाउन सक्ने क्षमताको सभाहल निर्माण गर्न विभिन्न व्यक्तिबाट पनि सहयोगको प्रतिवद्धता आएको संयोजक रिजालले बताएका छन्।

सभाहलमा प्रदेशस्तरीय कार्यक्रमहरुका साथै विवाह, सेमिनार, ब्यबसायिक भेला, गोष्ठि तथा अन्य धार्मिक एवम् राजनीतिक प्रशिक्षणका कार्यक्रमहरु समेत गर्ने उद्धेश्यका साथ निर्माण थालिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले बताए।

डेढ वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको छ। सभा हल निर्माण गर्न लागिएको जग्गा भने तुलसीपुर नगर विकास समितिका अध्यक्ष यज्ञबहादुर केसीले निःशुल्क रुपमा दान गरेका थिए।

२५ पुष २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको