मङ्सिर २२, काठमान्डौ । नेपाली भूमि कालापानीमा भएको हस्तक्षेप बिरुद्द ‘आँखा लाउन छोड अब कालापानीमा’ नयाँ गीत सार्बजानिक भएको छ । केहि दिन अघि युट्युबमा सार्वजनिक गरिएको गीतमा युवा गायकहरु मोहित श्रेष्ठ, सारदा रसायली र बद्रि चुडालले स्वर दिएका छन् ।
‘छल गरेर धोका दिने नालापानीमा… आँखा लाउन छोड अब कालापानीमा’ बोलको गीतको रचना धिरजनाथले गरेका हुन् । संगीत पनि उनकै रहेको छ । गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् ।
कालापानी अतिक्रमण बिरुद्द कलाकारहरुले गित संगीत मार्फत खबरदारी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस