युएइका युवराजसँग हात मिलाउन खोज्‍ने सानी नानीको रोचक कहानी


मङि्सर २२, अबुधाबी । यूएइका युवराज तथा शासक शेख मोहमद बिन जायद अल नह्यानसँग एक समारोहमा हात मिलाउन खोज्ने एक बालिकाको प्रयास असफल भएपछि धेरैको ध्यान ती बालिकातिर तानिएको छ ।

हालैको एक घटना हो, युवराज जायद एक समारोहमा उपस्थित थिए । जहाँ सानी बालिका अइशा मोहम्मद मसित अल मजरुइ पनि सहभागी थिइन् । समारोहमा उनले युवराज हिँडेको छेउमा गएर बारम्बार हात मिलाउन प्रयास गरिन् ।

तर युवराजले ती बालिकालाई देखेनन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ती बालिका पनि दंग परिन् । बालिका यसकारण पनि दंग भइन् कि, सामाजिक सञ्जालमा ती बालिकालाई देखेपछि युवराजले उनको घरमै पुगेर सद्भाव देखाए ।

ती बालिका र युवराजको यस्तो निर्णयबारे पनि भिडियो भाइरल नै बनाइएको छ । खासगरी ती बालिकाबारे युवराज जायदले देखाएको आत्मियताबारे धेरैले प्रशंसा गरेका छन् ।

२०७६ मंसिर २२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको