देविका खड्काले जितिन् जुडोबाट स्वर्ण


मंसिर २२, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जुडोबाट पहिलो स्वर्ण जितेको छ ।

जुडोकी देविका खड्काले महिला ५२ केजीमा स्वर्ण जितेकी हुन् । उनले फाइनल भिडन्तमा बंगलादेशकी जेरिन ताहामिदालाई पराजित गरेकी हुन् ।

बंगलादेशी खेलाडी ३ वटा फल गरेर डिस्क्वालिफाइ भएपछि खड्काले स्वर्ण जितेकी हुन् । योसँगै नेपालको स्वर्ण संख्या ४४ पुगेको छ । यो नेपालले आइतबार जितेको पहिलो स्वर्ण हो ।

२२ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको