गौरिकाले फेरि स्वर्ण जितेर रचिन् इतिहास


मंसिर २२ काठमाडौं । जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडी खेलाडी गौरिका सिंहले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी छिन्। यो गौरिकाको तेस्रो स्वर्ण हो।

उनले ४ मिनेट २५.२८ सेकेण्डमा निर्धारित दूरी पार गरेकी हुन्। भारतीय खेलाडी सिभांगी शर्मा दोश्रो भइन्। उनले निर्धरित दूरी ४ मिनेट २६.२२ सेकेण्डमा पूरा गरिन्।

तेश्रो भएकी श्रीलङ्काकी नुलरा रामुडीले ४ मिनेट ४१.९१ सेकेण्डमा दुरी पार गरिन्।

यसअघि गौरिकाले २ सय मिटर फ्रिस्यायल र ब्याकस्टोकमा स्वर्ण जितेकी थिइन्। गौरिकाले फ्रिस्टायलमा नयाँ राष्ट्रिय किर्तिमान समेत कायम गरेकी थिइन्। सन् २०१८ को राष्ट्रिय खेलकुदमा आफैंले बनाएको रेकर्ड सुधार गरेकी थिइन्। उनले फ्रिस्टायलतर्फ २ मिनेट ०५.०६ मिनेटमा दूरी पार गरेकी थिइन्।

यसअघि उनले उक्त रेकर्ड २ मिनेट ०९.१९ को कायम गरेकी थिइन्। जारी सागमा गौरिकाको यो तेस्रो स्वर्ण हो। एउटै सागमा तीन स्वर्ण जित्ने गौरिका पहिलो नेपाली खेलाडी हुन्।

२०७६ मंसिर २२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको