मङ्सिर २२, काठमान्डौ । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को बिजेता राम लिम्बु भएका छन । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् । हयात ग्राउण्ड चुच्चेपाटी, बौद्ध काठमान्डौमा ग्रान्ड फिनाले भएको थियो । ‘दि भ्वाइस अफ नेपालको अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।
उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् ।
दि भ्वाइस अफ नेपालबाट छानिने बिजेताले पाउने छन् डाटसन रेडी गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र बिश्व सांगीतिक यात्राको अवसर पनि पाउनेछ ।
हिमालय टीभी एचडीमा प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुने गर्थ्यो
सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका थिए भने दुई नया कोच राजु लामा र आस्था राउत रहेका थिए । यस सिजनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्लाइन्ड अडिसनबाट छनौट गर्दै सिधा ब्याटल राउण्डमा पुगेका थिए । ब्याटल राउण्डबाट हरेक कोचबाट ९ जना नकआउट राउण्डमा पुगेका थिए ।
त्यसै गरि नकआउट राउण्डबाट पनि छानेर हरेक कोचले ३-३ जना मात्र लाइभ राउण्डमा पुगेका थिए । गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले यो चर्चित रियालिटी शोको टाइटल जितेका थिए ।
प्रतिक्रिया दिनुहोस