भारतको नक्साप्रति एनआरएनएको गम्भीर आपत्ति


कात्तिक २२, काठमाडौं । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) ले भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभागका रुपमा देखाएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।

संघका अध्यक्ष कुमार पन्तले एक प्रेस बिज्ञप्ति जारी गरी भारतको सो कदमले बिश्वभर रहेका नेपालीलाई आक्रोशित बनाएको भन्दै भत्सर्ना गरेका छन् ।

‘भारत सरकारको यो कार्यबाट बिश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्ध भएका छन,’ अध्यक्ष पन्तले भनेका छन्, ‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी बिषयहरु, कुटनीतिक माध्यमबाट बार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुंग्याउँनुको सट्टा एक पक्षीय ढंगबाट चालिएको कदमको भत्सना गर्दैछौं ।’

एनआरएनएले नेपाली सिमानाको रक्षा गर्न बिश्वभर रहेका सवै नेपाली नेपाल सरकारको साथमा रहेको घोषणा पनि गरेको छ ।

‘मुलुकको सावैभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील बिषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं बिदेशस्थित गैर आवासीय नेपाली समुदाय एकसाथ उभिनुपर्छ भन्ने हाम्रा मान्यता हो ।

तसर्थ, अन्तराष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पुर्ण बिदेशमा रहेका नेपालीहरु प्रतिवद्ध छौं,’ पन्तले भनेका छन् ।

हेर्नुस विज्ञप्ति 

२२ कार्तिक २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको