आलमको थुनछेक बहस शुक्रबार पनि सकिएन


कात्तिक २२, काठमाडौँ । ह’त्या आरोपमा पक्राउ परेका मो अफ्ताव आलमको मु’द्धामा शुक्रबार पनि थुनछेक बहस भएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा नौजना कानुन व्यवसायीले बहस गरेका छन् । पर्सा जिल्लाका न्यायाधीवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका साहयक न्यायाधीवक्ता रुद्रप्रसाद पन्थीले बहस गरेका छन् ।

यस्तै वादीको तर्फबाट कानुन व्यवसायी डा. युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोविन्द शर्मा, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठी, आशिष राम कार्की, मनिष कुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गरेको स्रस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन् ।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा ब’म वि’ष्फोट हुँदा घाइते तथा मृ’त्यु भएकालाई इँटाभट्टामा ज’लाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका हुन् ।

२२ कार्तिक २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको