महराको घटनामा अदालतले पुनर्विचार गर्नुपर्छ: उर्जामन्त्री


कात्तिक २२, दाङ । उर्जामन्त्री एवम नेकपाका नेता बर्षमान पुनले पूर्व सभामुख कृष्णबहादुर महराको घटनामा अदालतले पुनर्विचार गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।

प्रेस संगठन दाङले गरेको पत्रकार भेटघाटमा उनले यस्तो धारणा राखेका हुन् ।

न्यायालयको अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको स्पष्ट गर्दै उनले अब न्यायालयले पनि निष्पक्षता महसुस हुने गरी पुनर्विचार गर्नुपर्ने बताए ।

नैतिक प्रश्नलाइ अपराधिकजस्तो बनाउन खोजिएको उल्लेख गर्दै उनले दशै, तिहारको बेलामा समेत हिरासतमा राख्नु र कतै देश छाडेर भाग्नेजस्तो पुर्पक्षका लागि थुनामा राख्नु मानवीय दृष्टिले पनि सही नभएको टिप्पणी गरेका छ ।

२२ कार्तिक २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको