कत्तिक २२, सल्यान । सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न ठाउँमा मसाल जुलुस बालेकाे छ ।
भारतले नेपालकाे सिमा अतिक्रमन गरि कालापानि, लिपुलेक, लिम्पियाधुरा सहितकाे भुभाग भारतकाे नक्सामा राखेकाे भन्दै उक्त पार्टीले बिहीबार साँझ मसाल जुलुस बालेकाे हाे ।
पार्टीकाे केन्द्रिय कार्यक्रम अनुसार देशका जिल्लामा विप्लव नेकपाका नेता तथा कार्यकर्ता र स्थानिय बासिन्दाकाे सक्रियतामा मसाल जुलुस सम्पन्न भएकाे साे पार्टी निकट स्राेतले जनाएकाे छ ।
यसैबीच साे पार्टीले सल्यानका १४ वटा स्थानमा मसाल जुलुस गरेकाे नेकपाले जनाएकाे छ । कपुरकाेटकाे कालालेक, छत्रेश्ररीकाे जिताथान, कारागिठीकाे सिमपानी, मर्मपरिकाँडा, स्यानीखाल, थारमारेकाे खाली, बाफुखाेला, दार्माकाे जलेखर्क, बडागाउँ, स्विकाेटकाे नेटा, मार्के, हिवल्चा, कालागाउँ र रागेचाैरमा मसाल जुलुस बालेकाे नेकपाले जनाएकाे छ ।
भारतीय साम्राज्यवाद मुर्दावाद !
दलाल सामाजिक फासिवादी संसदिय ब्यबस्था मुर्दावाद !!
नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !
एकीकृत जनक्रान्ती जिन्दावाद !!
लगायतका नारा सहित नेकपाले मसाल जुलुस सम्पन्न गरेको जनाएकाे छ ।
बुधाबर पार्टी महासचिव विप्लवले एक वक्तव्य जारी गरि भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते बृहत् संघर्षका कार्यक्रम घोषणा गरेका थिए।
महासचिव विप्लवले जारि गरेको संघर्षका कार्यक्रममा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ ।
कार्तिक २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस