कात्तिक २२, काठमाडौँ । आज शुक्रबार सुनको मूल्य घटेको छ ।
हिजोको तुलनामा आज रु ७०० ले घटेर छापावाल सुनको मुल्य प्रतितोला रु ६९ हजार ९ सय कायम भएको छ । बिहिबार छापावाल सुनको मुल्य प्रतितोला रु ७० हजार ६ सय रहेको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मुल्य पनि घटेको छ । हिजोको तुलनामा आज रु १५ ले घटेर प्रतितोला रु ८ सय ३५ कायम रहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस