चैत २५, दाङ । तुलसीपुरमा एक ब्यक्ति मृत फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.९ दोघरेमा ति ब्यक्ति मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
४०/४५ बर्ष जस्तो देखिने ति ब्यक्तिको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।
उनको कलसाउदो बर्ण भएको, ५ फिट ५ ईञ्च उचाई भएको,वाँया खुट्टाको चोरी औला र साँईली औला नभएको,वाँया हातको नाडीमा पुरानो काटिएको खत तथा दाहीने हातको नाडीमा स्पष्ट नभएको दत्तेल सुमित्रा र निम कुमारी भनी हरीयो मसिले ट्याटु बनाएको, एडिड्यास लेखेको कालो ट्राउजर, टिबिलक लेखेको फिक्का निलो टिसर्ट, कलेजी रंगको फुल वाहुलाको सर्ट लगाएको मंगोलिन अनुहारको रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस