फागुन २४, दाङ । दाङमा करणी गरेको आरोपमा दुई ब्यक्ति पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १० की १० बर्षीया बालिकालाई करणी गरेको आरोपमा सोही ठाउँका १३ बर्षीय बाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पीडितका बुवाको जाहेरीका आधारमा ती बालकलई प्रक्राउ गरि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक रामप्रसाद घर्तीले बताए । ति फागुन १ गते ति बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै घोराही ४ निवासी १४ बर्षीया बालिकालाई करणी गरेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरिएको छ । रोल्पाको रुण्टीगढी गाउँपालिका १ निवासी १८ बर्षीय १८ यूवराज रानालाई पक्राउ गरिएको हो ।
यही फागुन २१ गते ति बालिकालाई करणी गरेको पीडितका बुवाको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस