वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बिस्फोटपछि आगलागी


फागुन २४, काठमाडौं । राजधानीको बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरूङको घरको आगलागी भएको छ ।

शुक्रबार साँझ आगलागीबाट तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको उनको ल्याण्ड क्रुजर गाडी पनि जलेको छ । आगलागी कसरी भयो भन्ने विषय भने एकिन भइसकेको छैन ।

घटनास्थलमा पुगेको प्रहरीले ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी भएको हुनसक्ने बताएको छ । टोलभरि सुनिने गरी ठूलो आवाजमा बिस्फोट भएकाले बम हो कि ग्यास हो भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।

बिस्फोटबाट गुरूङको घरमा रहेको सटर भाडा लिएर बस्ने मणिराम पौडले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

२०७५ फाल्गुन २४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको