भारतमा लडाकू जेट विमान दुर्घटना


फागुन २४, नयाँ दिल्ली । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटना भएको छ।

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरूले जानकारी दिएका छन्।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ। विमान दुर्घटना भए पनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन्।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

२४ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको