रोल्पामा पनि अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनाईयो


मनिषा राई/फागुन २४, रोल्पा । आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

यसै सन्दर्भमा रोल्पाको माडी गाउपालिका २ घर्तीगाउमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । माडी गाउपालिका रोल्पा, महिला बालबालिका सामाजिक बिकाश शाखा रोल्पा, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण रोल्पा र सुआहाराको संयुक्त आयोजनामा ¥याली सहित बजार परिक्रमा गरी कार्यक्रमलाई सभामा परिणत गरीएको थियो ।

कार्यक्रममा माडी गाउपालिका १ का वडा सदस्य आइतमाली वली बिक, बजार व्यवस्थापन समिति घर्तीगाउका अध्यक्ष कमल घर्तीमगर लगायत गाउपालिका अन्तर्गत सम्पुर्ण आमा समुह, महिला समुह, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागितामा लैङिगक समानताको लागि समान सोच व्यवहार, समृद्धिको आधार, छोरीलाई पनि समान शिक्षा दिऔ, महिला हिंसा अन्त्य गरौ, बालबिबाह अन्त्य गरौ जस्ता नारा लेखिएका प्लेकार्ड तथा व्यानर सहित घर्तीगाउ बजारको चोकबाट निकालिएको ¥याली पशु शाखा कार्यलयको प्राङगणमा गएर सभामा परिणत भएको हो ।

कार्यक्रममा माडी गाउपालिका २ का वडा सदस्य बन्दना घर्तीमगरले मन्त्वय दिनुभएको थियो । उहाले महिला दिवसको अवसरमा महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ । साथै उहाले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताउनुभयो ।

साथै माडी गाउपालिका २ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ललित घर्तीमगरले आज पनि लैङ्गिक हिंसा तथा गरीबीको प्रभाव महिलामा बढी परेको र यस्तो अवस्थामा परिवर्तन गर्न आधा आकाश र आधा धर्ती ओगट्ने महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सङ्कल्प साकार नहुने उल्लेख गर्नुभएको छ ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा गाउपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले लैङ्गिक समानताका लागि सबैको सोंच र व्यवहारमा पनि समानताको खाँचो औँल्याउनुभएको छ । उहाले महिला हिंसाविरुद्ध नारी जागरण आवश्यक रहेको बताउनुभएको छ ।

नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् । महिला बालबालिका तथा सामाजिक बिकास शाखाकी सुनकुमारी घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सुआहाराकी अन्जली केसि वलीले गर्नुभएको थियो ।

२०७५ फाल्गुन २४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको