विप्लव नेकपाको नियन्त्रणमा बझाङकी सांसद


फागुन २४, काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएका छन् ।

समानुपातिकबाट सांसद बनेकी थापालाई शुक्रबार बिहान विप्लव नेकपाले नियन्त्रणमा लिएको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनलाई बागथला र देउराबीचको कोइराला खोलाबाट केहि समयअघि नेकपाले लगेको प्रजिअ सुनारले बताए ।

केहिसमय अघि पक्राउ परेकी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई पक्राउ गराउन भूमिका खेलेको र निर्मला हत्या प्रकरणबारे गलत अभिव्यक्ति दिएको आरोपमा सांसद मल्ललाई सोधपुछका लागि नियन्त्रणमा लिएको नेकपा स्रोतले जनाएको छ ।

देवकी २०७४ कार्तिकमा भएको प्रदेश सभा निर्वाचनमा बझाङ ख बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।

२४ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको