सीके राउत प्रचण्ड जतिक्कै क्षमतावान: प्रधानमन्त्री


फागुन २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेश आन्दोलन परित्‍याग गरेका नेता सीके राउत नेकपा अध्‍यक्ष प्रचण्ड जतिक्कै क्षमतावान भएको बताएका छन् ।

फाइल तस्बिर 

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ प्रचण्डजीले पनि आन्दोलन गरेर संसदीय अभ्‍यासमा आउनुभयो । सीके राउतजीको आन्दोलन पनि उहाँ जतिक्कै क्षमतावान रह्‍यो ।’

उनले जाति जाति लडाउने र भूगोल भूगोल लगाउने कुरालाई त्‍यागेर आउने कुरा चाचुने कुरा नभएको भन्‍दै प्रधानमन्त्री ओलीले देश बनाउन उहाँको भूमिका महत्वपूर्ण रहने बताए ।

उनले भने, ‘हिंसारहित बाटोबाट पनि प्रतिक्रियाबादी शक्तिलाई पराजित गर्न सकिन्छ भन्‍ने कुरा सीके राउत जीले सन्देश दिनु भएको छ ।’ उनले अब आफ्ना आग्रहलाई जनताका भन्दै थोपर्ने परिपाटी अब संसदीय प्रणालीमा काम नलाग्ने दाबी गरे ।

२०७५ फाल्गुन २४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको