महिलाको कार्यक्रममा प्रहरी हस्तक्षेप, ६ जना गिरफ्तार


फागुन २४, काठमाडौँ । १०९ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको स्थानमा प्रहरीले हस्तक्षेप गरेको छ ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिले रत्नपार्क शान्तिवाटिकामा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि ६ जनालाई गिरफ्तार गरेको हो ।

६ जनालाई गिरफ्तार गरिएकाे महानगरिय प्रहरी वृत्त दरवारमार्गले जनाएकाे छ । काे-काे पक्राउ परे भन्नेबारे जानकारी अाइनसकेकेा प्रहरीले जनाइएकाे छ ।

सरकारले संविधानप्रदत्त खुला कार्यक्रम गर्न र सहभागी हुन पाउने अधिकारबाट समेत नागरिकलाई वञ्चित गरेको भन्दै नेकपाले विरोध गरेको छ । अहिलेपनि असन लगायतका क्षेत्रमा र्याली भने भईरहेको नेकपाले जनाएको छ ।

२०७५ फाल्गुन २४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको