नेकपाका कार्यकर्ता पक्राउ गर्नुको कारण देखाउन उच्च अदालत तुलसीपुरको आदेश


फागुन २४, दाङ । उच्च अदालत तुलसीपुरले विप्लवका कार्यकर्तालाई पक्राउ गुर्नको कारण देखाउन आदेश जारी गरेको छ ।

अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको बिहीबारको एकल इजलाशले जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई बिप्लव नेकपाका निकट तीन ब्यक्तिलाई पक्राउ गर्नुको कारण दिन आदेश जारी गरेको हो ।

मंगलबार पक्राउ परेका प्रदिप वली, इश्वरी पाण्डे र रुद्ध वलीलाई समेत फागुन २६ गते १० बजेभित्र अदादलमा उपस्थित बनाउन आदेश जारी गरेको हो ।

निवेदकले दिएको बन्दीप्रत्यक्षीकरण मुद्धामा सुनुवाई गर्दै बन्दीलाई थुनामुक्त गर्नु नपर्ने लिखित जानकारी सहित उपस्थित हुन आदेश जारी गरेको हो । उक्त मुद्धामा अधिबक्ता बामदेव शर्मा, बिष्णुमणी धित्ताल, रामशरण चौधरी र पुस्करबहादुर भण्डारीले बहस गरेका थिए ।

२०७५ फाल्गुन २४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको