हिमपातले काम गर्न ढिलाई भएको वडाध्यक्षको स्विकारोक्ति


कर्मसही घर्ती मगर/फागुन २४, रुकुम पूर्व । रुकुम पूर्व पुथा उत्तरगँगा गाउँपालिकामा यसपालीको अत्याधिक हिमपातले कुनै पनि बिनियोजित रकममा काम गर्न ढिलाई भएको कुरा वडा नं ४ का अध्यक्ष वर बहादुर पुनले बताएका छन् ।

पुस महिनामै विनियोजित रकममा विभिन्न शिर्षकमा उपभोक्ता समिति गठन गरेर सम्झाैता भइसकेको उनले बताए । माघ महिनादेखि सबै काम सुचारू गर्ने योजना तय भए पनि माघको शुरुदेखिको लगातारको हिमपातले काम गर्न दिलाई हुन गएको उनले बताए ।

उनले भने -‘सबैकाम सकाउने आफ्नो उध्येश्य रहे पनि अहिलेसम्म तीन लाखको बजेटमा गोरेटो बाटो मुई पुलदेखि अर्जल गाउँसम्म, मन्डली थानमा त्रस भवन सोह्र लाखमा, पाँच लाख बराबरको खेलकुद मैदान र तीन लाखमा सिन्के गोरेटो बाटो खनेर सकिएको छ ।”

अब माैसम अनुकुल भए लगत्तै बाँकी काम तदारुकता साथ गरिने अध्यक्ष पुनले बताए । विगत वर्षहरूको भन्दा यसपाली समयमै काम सकाउने उनले बताएका छन् । दुर्गम ठाउँमा यसै पनि काम गर्न कठिन हुने उनले बताए ।

अब गाउँमा खनजोतको काम हुने बेला भइकाले पनि काममा अलिकति दिलासुस्ति हुन सक्ने बाध्यात्मक अवस्था रहेको अध्यक्ष पुनले स्विकारे । ‘उपभोक्ता वर्गहरू पनि खनजोतको बेला आआफ्ना काममा केही दिन अल्मलिए पनि तुरुन्तै काम गर्ने छन्” अध्यक्ष पुनले भने ।

२०७५ फाल्गुन २४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको