देउवाको गुनासोः जति सम्झाउँदा पनि शेखरले टेरेनन्


फागुन २४, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले अटेर नटेरेको बताए ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुइपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनुभएन । त्यही भएर मैले जवाफ दिएको हुँ ।’ नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको पनि देउवाले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा सरोज यादवले लेखेका छन् ।

नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पारे । उनले पार्टीको चौधौँ महाधिवेशन समयमै हुने दाबी गरे ।

२४ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको