दलित समुदायलाई अपमान गरेको भन्दै सांसद कोमल ओलीलाई कारबाही गर्न माग


फाल्गुन २३, काठमाडौं । नेकपा सांसद कोमल वलीले दलित समुदायलाइ अपमानको भाषा बोलेको आरोपमा बिबादमा तान्निएकि छन् । एक टेलिभिजन सम्बादमा दलित समुदायको आत्मा सम्मानलाइ चोट पुर्याउने अभिव्यक्ति दिएको भन्दै उनि बिरुद्द दलित अधिकारकर्मीहरुले कारबाहीको माग गरेका छन् ।

टेलिभिजन पत्रकार संगको संवादको क्रममा मृत्यु पछिको प्रसंग चलिरहदा ‘आफु मरिसकेपछि डुमै राजा’ भन्ने अभिव्यक्ति कोमल ओलीले दिएकि थिइन् । उनले भनेकी थिइन, ‘मलामीमा मेरो फरक विचार छ । यसमा के छ भने, ‘मरिसकेपछि डुमै राजा’ । मरिसकेपछि मलाई केही चाँहिदैन् । मलामी सलामी मलाई केही चाँहिँदैन् । बाँचुञ्जेल चाँही सलामी चाहिन्छ ।’

ओलीको उक्त भनाइलाइ दलित अधिकारकर्मीहरुले गम्भीर रुपमा लिएको बताएका छन् ।

वलीको अभिव्यक्तिले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने गरि अपशब्द प्रयोग गरेको भन्दै एक बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ । वलीको यो शब्दावलीका नेपालमा बसोबास गर्ने दलित समुदायका भित्र पर्ने सिंगो डुम समुदायको आत्मसम्मानमा ठेस्पुगने गरि अपमानजनक शब्द प्रयोग गरेको जनाउदै अति तुच्छ, असहिस्णु शब्द प्रयोग गरेको प्रति सशक्त दलित एकता समाज दक्षिण कोरियाले आपत्ति प्रकट गरेको छ ।

देशको सरकार चलाई रहेको पार्टीको नेत्री तथा राष्ट्रिय सभा सदस्य जस्तो गरिमामय पदमा बसेर आफ्नो पदिय जिम्मेवारी, मान-मर्यादा, हैसियत एबम मानबिय मूल्य मान्यता र कानुनत: कुरालाई ख्यालै नगरी अपहेलित, तिरिश्कृत, मानव बिरोध शब्द प्रहर गरि सिंगो दलित समुदायलाई आघात पुर्याएको बिग्योतिमा उल्लेख छ ।

संविधान र कानुनले निर्दिष्ट गरे विपरितको शब्द प्रयोग गरेकी वलीलाई कानुन बमोजिम कारबाही गर्नु विभिन्न दलित अगुवाकर्मीहरुले माग गरेका छन् ।

हेर्नुहोस बिज्ञप्ति:

२०७५ फाल्गुन २४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको