अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारको बैठक सम्पन्न, बोनम्यारो पिडित प्रेमबहादुरलाई सहयोग


डिबि बुढाथोकी/माघ २५, कतार । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारले शुक्रबार मासिक बैठक सप्पन्न गरेको छ । उक्त बैठक अध्यक्ष केशवराज खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारले बोनम्यारो पिडित प्रेम बहादुर पुनको उद्धारको लागि पछिल्लो समयमा सत्तरी हजार सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे पनि आज बसेको बैठकले पत्रकार सम्मेलन गरि करिब एक लाख रुपैयाँ केन्द्रमा पठाएर पिडितलाई सहयोग गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज उपसमिती कतारका अध्यक्ष केशवराज खड्काले जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा नेपाल छुट्टी जाने र क्यान्सिल जाने सदस्यहरुलाई सम्मान गर्दै बिदाई कार्यक्रम गरेको साथै आउदो अप्रिल ३ तारिख उपसमिति कतारले बार्षिक उत्सव मनाउने निर्णय गरेको अध्यक्ष केशवराज खड्काले जानकारी गराउनु भयो ।

२५ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको