रुपमतिको परिवारलाई नेकपाको साथ, दुई सन्तानलाई अखिल (क्रान्तिकारी)ले पढाइदिने


माघ २५ काठमाडौँ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडां ८ स्थित हलुवाई टोलकी बलात्कार पछि हत्या गरीएकी ११ बर्षे वालिका रुपमति दासको परिवारलाई नेकपा र अखिल क्रान्तिकारीले १० हजार नगद र जिन्सी सहयोग गरेको छ । साथै पार्टी र संगठनले बाकी दुई बच्चाहरुको पठन पाठनको जिम्मा लिने पनि घोषणा गरेको छ ।

शुक्रबार उनीहरुको घरमा पुगेर मोरगं जिल्ला पार्टीका सेक्रेटरी नवराज भट्टराई र अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीसहित अन्य विद्यार्थी नेता र पार्टी कार्यकर्ताहरुले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

माघ १२ गते छिमेकीकोमा टिभी हेर्न गएकी उनी वेपत्ता भएकी थिईन् । भोली पल्ट साढे १२ बजे सिगिंया खोलामा उनको शब भेटिएको थियो । उनको बलात्कार पछि हत्या भएको पुष्टी भएको छ ।

घटनामा संलग्न छिमेकी चन्दु कामत र अब्बास मियालाई प्रहरीले पक्राउ गरिसकेको छ । पार्टीको सहयोगपछि उनका बुवा राम प्रसाद दास र आमा मन्नी दासले केही राहत महसुस भएको जनाएका छन् ।

संगठनले उनका अन्य दुई सन्तानको पनि शिक्षा दिक्षाको जिम्मा लिए पछि पीडित परिवारमा केही खुसी छाएको छ । यसबारे प्रतिकृया दिदै अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले संगठनले पीडित परिवारका कक्षा २ र नर्सरीमा पढ्ने छोराछोरीलाई मद्धत पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

२०७५ माघ २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको