मलेसियामा ९ नेपाली कामदार पक्राउ, यस्तो छ कारण


माघ २५, काठमाण्डौ । मलेसियामा कार्यरत ९ जना नेपालीसहित सय जना विदेशी कामदार पक्राउ परेका छन् ।

मलेसियाको अध्यागमन विभागले अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका विदेशी कामदारलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुमध्ये केहीसँग कागजात नभएको र केही सम्झौता अवधिभन्दा धेरै बसेको पाइएपछि पक्राउ गरिएको समाचारमा उल्लेख छ ।

बिहीबार सिटी सेन्टरमा अध्यागमका कर्मचारीले जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । कानुन उल्लङघन गर्नेहरु विरुद्ध कारवाही गरिने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

विभागले देशमा अवैधानिक रुपमा रहेका कामदारहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको भन्दै यो क्रमलाई निरन्तरता दिने पनि बताएको छ ।

मलेसियामा आफ्नो देशमा अवैधानिक रुपमा रहेका कामदारलाई वैधानिक बन्न वा देश फर्किन दुई पटक मौका दिएको थियो ।

२५ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको