नागढुंगावाट लागुऔषधसहित एकजना पक्राउ


माघ २५, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुअाैषध सहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा स्थित चेकपोईन्टमा चेकजाँचकाे क्रममा जनकपुरबाट काठमाण्डौँतफ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बसवाट लागुअाैषधसहित एक जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा जिल्ला सोलुखुम्बु सल्लेरि नगरपालिका वडा नं. ५ घर हुुने वर्ष २० को छिरिङ्ग शेर्पा रहेकाे काठमाडौं प्रहरी परिसरका प्रबत्ता प्रहरी नायव उपरीक्षक हाेविन्द्र बाेगटीले वताए ।

प्रबत्ता बाेगटीका अनुसार शेर्पाले लिई आएको कालो रंगको झोला चेक जाँच गर्ने क्रममा झोला भित्र लुकाई छिपाई लिई आएको लागु औषध नाईट्राभेट ४५० ट्यावलेट फेला परेको जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले पक्राउ परेका शेर्पा विरूद्द अावश्यक अनुसन्धान पश्चात् लागुअाैषध एेन अन्तर्गत मुद्दा चलाईने वताए ।

२०७५ माघ २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको